Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

कोरोना प्रभावितलाई उद्यमी सिर्जना

सुर्खेत  ।

वीरेन्द्रनगरका कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित व्यक्तिहरूलाई उद्यमी सिर्जना गरिएको छ । कोरोनाका कारण वैदेशीक रोजगारी वाट फर्कीएका स्वदेशमा रोजगारी गुमाएका तथा कोराना संक्रमित परिवारलाई आयआर्जनमा जोड्नका उद्यमी सिर्जना गरिएको हो ।

युएनडिपिको सहयोगमा जिल्ला लघु उद्यमी समुह संंघ सुर्खेतले कोभिड १९ वाट अति कमजोर विपन्न वर्गको आयआर्जन सुरक्षीत गर्नका लागी संयुक्त राष्टसंघको शिग्रपहल कार्यक्रम सञ्चालन गरि उद्यमी सिर्जना गरिएको हो । कार्यक्रम अन्तर्गत वीरेन्द्र्रनगर नगरपालिकाका युवाहरुलाई उद्यमशिलता तालिम प्रदान गरि उनीहरुको आवश्यकताको आधारमा सिप मुलक तालिम प्रदान गरि उद्यमी सिर्जना गरिएको उद्यम विकास सहजकर्ता मोहनसिह रानाले वताए ।

। उद्योग वाणीज्य तथा आपुर्ती मन्त्रालय प्रादेशिक लघु उद्यम विकास विशेषज्ञ मेड्पा टीए कर्णालीका दीपक गड्र्तौलाले युनएनडीपीको आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम सञ्चालन भएको सुरु गरिएको वताए । कोरोना वाट रोजगारी गुमाएका युवाहरुको जिवन स्तर सुधारका लागी कार्यक्रम सञ्चालन गरिएको वताए ।

वीरेन्द्रनगर नगरपालिकामा कोरानावाट रोजगारी गुमाएका तथा कोराना संक्रमित परिवारलाई आयआर्जन वृद्धि गर्नका लागी कार्यक्रम सञ्चालन गरिएको थियो । युवालाई तरकारी खेती ,मुढा वुनाई दालमोठ , वफाईवर सीरक वंगुर पालनका लागी आवश्यक सिपमुलक तालिम प्रदान गरि उपयुक्त प्रविधि समेत हस्तान्तरण गरिएको छ । यसैविच जिल्ला लघु उद्यमी समुह संघले कोभिड १९ वाट अति कमजोर विपन्न वर्गको आयआर्जन सुरक्षीत गर्नका लागी संयुक्त राष्टसंघको शिग्रपहल कार्यक्रम प्रगती समीक्षा गोष्ठी वुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।


कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका उद्योग शाखा प्रमुख इन्द्र वहादुर थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रयागराज शर्मा, कार्यक्रम मार्फत सिर्जना गरिएका उद्यमी लगायतको सहभागिता रहेको थियो ।