Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिदै

अहिले प्रधानमन्त्री राष्ट्रिय सभालाई सम्बोधन गरिरहेका छन् ।

काठमाडौं  ।

राष्ट्रियसभाको अधिवेशन आज अन्त्य हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गरेपछि अन्त्यको घोषणा हुने भएको हो ।

सरकारले अधिवेशन अन्त्यको सिफारिशको निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिशका आधारमा बैठक अन्त्यको घोषणा भएको पत्र पठाएको छ ।

केही दिनमात्र चलेको राष्ट्रियसभा बैठक अन्त्य गरिनुलाई अर्थपूर्ण मानिएको छ । अहिले प्रधानमन्त्री राष्ट्रिय सभालाई सम्बोधन गरिरहेका छन् ।