केपी ओलीका कारण भोट होइन, नेकपाका कारण आयोः शक्ति बस्नेत
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत ।
केपी ओलीका कारण नेकपा एक नम्बरको दल नभई नेकपाकै कारणले एक नम्बर भएको नेकपाका नेता शक्तिबहादुर बस्नेतले बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विरोधी देख्न बित्तिकै सिध्याउने अभियानमा केपी ओली लागेको उनको भनाइ छ । जनता बनाएको केपी ओलीको जुन हाइट थियो त्यो उनले कुल्चिएको उनको आरोप छ । केपी ओलीले पतनको बाटो सुरु गरेको समेत बस्नेतले बताए । केपी ओलीको फैसला अब अरुले नै गरिदिनुपर्ने अवस्था आएको भन्दै उनले सांसदको ताकतले नै उनी ठूलो भएको तर अब त्यो हराएको बताए । जनप्रतिनिधिमाथि गरिएको प्रहार समयमै सच्याउन सकिएन भने यो झन समस्या भएर जाने उनको भनाइ छ ।
- Total: 1.9K
- Viber
- Facebook Messenger