Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

आइएमईद्वारा भरोसा राहत हस्तान्तरण

सुर्खेत ।
आईएमइ भरोसा कोष अन्र्तगत कोरोनाले विश्वव्यापि रुपमा प्रभाब परेको अवस्थामा आईएमइले कारोनाका कारण मृत्यु हुनेको परिवारलाई भरोसा स्वरुपराहत हस्तान्तरण गरेको छ ।


हातपाउनेमा दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नं ५ गोगनपानी निवासि नन्दा चन्दलाई राहत उपलब्ध गराईको आइएमई सुर्खेतका डिकेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार नन्दाका श्रीमान् प्रेमबहादुर चन्द वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत थिए ।

यसैगरि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवियामा रहेका वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का चिरिञ्जीवी थापाका बुबा वीरबहादुर थापा पनि कोरोना पीडित भएकोले उनलाई पनि राहत उपलब्ध गराइएको छ । राहत पाउनेहरुले जनही ५८ हजार ८२३ रुपैयाँका दरले पाएका छन् ।

कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही, आइएमई कर्णाली प्रदेशका दिपेन्द्र सिंह, डिकेन्द्र थापा र गौतम आइएमईका संचालक कूलबहादुर गौतमको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ । जसको भरोसा टुटेको छ उनीहरुलाई केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यका साथ यो योजना ल्याईएको डिकेन्द्र थापाको भनाई छ ।