Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

ट्रकसहित चिरानी काठ बराबद, १२ जना पक्राउ

सुर्खेत ।
सुर्खेतको छिन्चुमा रहेको प्रहरीले ट्रकसहित चिरानी काठ बराबद गरेको छ । भेरीगंगा नगरपालिका वडा नं. १२ स्थित मसिनाबाट सुर्खेतको वीरेन्द्रनगर तर्फ जाँदै गरेको लु २ ख २१० नंम्बर को ट्रकमा अवैध रुपमा लैजादै गरेको १४७ थान सालको चिरान गरेको काठ बराबद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बरामद गरिएको ७७.६४ क्यु फिट सालको काठ रहेको बताइएको छ ।

फाइल फोटो

बिशेष सुचनाका आधारमा सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्र.ना.नि. डिल्ली ब.चन्दको कमाण्डमा ८ जनाको टोलीले काठसहित सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. २ सप्तरी बस्ने वर्ष १८ को विकास के.सी.ट्रक चालक र सोही ठाउँमा बस्ने वर्ष १३ को योग राज बुढा, वर्ष १२ को हिमाल खड्का, वर्ष १५ को मदन भण्डारी, वर्ष १४ को प्रदिप वली, वर्ष १३ को निराजन वि.क., वर्ष २० को पदम खत्री, वर्ष १५ को अम्मर डि.सी., वर्ष २२ को अनन्त बुढा, वर्ष २५ को तुल ब.वली, वर्ष ३५ को सोम ब.वि.क. र वर्ष २० को राम वली रहेका छन् ।

पक्राउ परेकाहरु र ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी छिन्चु बन कार्यालयका रेन्जर भोज प्रसाद उपाध्यायको जिम्मा लगाएको प्रहरीले बताएको छ ।