जुम्लाको पोख्रेमा आगलागी, ३२ घर जलेर नस्ट
सुर्खेत |
जुम्लाको तिला गाउँपालिका वडा नं. ७ मा अचानकक भएको आगलागीमा ३२ घर जलेर नष्ट भएका छन् । उक्त आगो परव रोकायको घरमा खाना पकाउने हिमाली चुलोको पाइपबाट आगोको झिल्का निस्कन गई उक्त झिल्ला घरको छानामा सल्कन गई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट के कति नोक्सानी भयो भन्ने बारेमा विवरण प्राप्त नभई सकेको भएपनि मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ । १७ गाई, गोरु २३ बाख्रा २४ वटा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनास्थल जुम्ला सदरमुकामबाट ३५ कि.मि.पश्चिममा पर्दछ । त्यहाँ स्थानीय, प्रहरी तथा नेपाली सेनाबाट उद्दारका कार्यहरु भइरहेका छन् ।






