Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

आरंगको आयोजनामा एक अभिनय प्रतियोगीता

सुर्खेत ।
आरंग नेपाल सुर्खेतले एकल अभिनय प्रतियोगीताको आयोजना गरेको छ । नाट्य सम्राट स्व. बालकृष्ण समको ११८ औं जन्मजयन्तीका अवसरमा आरंग नेपाल सुर्खेतले एकल अभिनय तथा काव्य गोष्ठीको आयोजना गरेको हो ।

आयूषा बुढा, अपेक्षा रेग्मी तथा आशिष खनालले अभिनयमा भाग लिएका थिए । उनीहरुलाई उत्कृष्ट अभिनयको लागि प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रलेश सुर्खेतका अध्यक्ष जागेश्वर नेपालले स्व. बालकृष्ण समको जीवनी र कृतित्व माथि चर्चा गरेका थिए । यसै गरि काव्य गोष्ठीमा सुर्खेतका एक दर्जन बढी साहित्यकारहरुले गजल, कविता, हाइकु, मुक्तक लगायतका सिर्जना प्रस्तुत गरेका थिए ।

आरंग नेपालले समको जन्मजन्यतीमा गरेको यो कार्यक्रमले नाटकको क्षेत्रमा नयाँ प्रतिभाहरुलाई आवद्ध गराउने कार्य गरेको कार्यक्रमका विशिष्ट अतिथि पृथ्वीबहादुर सिंहले बताए ।

कार्यक्रममा उमालाल आचार्य, खगेन्द्र अधिकारी अमृत, देवकी तिमिल्सिना समीक्षा, मीन राज पन्त, रियल विक्रमलगायतको उपस्थिति रहेको थियो ।

आरंग नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण माया थापाले गरेकी थिइन । सभा अध्यक्षको शासनबाट बोल्दै गणेशभक्त गौतमले भने, आजै दिवंगत भएका स्वास्थ्य कर्मी खगेन्द्र थापा सुर्खेती कलाका क्षेत्रमा पनि आवद्ध हुनुहुन्थ्यो । उहाँको निधनले सिंगो सुर्खेत स्तम्भ भएको छ । उहाँको आत्माले शान्ति पाओस् ।