Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

उपहार दिन पुगेका राउटे राहत लिएर फर्के

सुर्खेत ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आफुहरुले निर्माण गरेका काठका सामग्री उपहार दिन पुगेका राउटे राहत लिएर फर्केका छन् । राउटेहरुलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले राहत उपलब्ध गराएको हो । हिमपात योजना बनाएर गाउँगाउँका विपन्न नागरिकलाई कम्वल, खाद्यन्न, जकेट जस्ता न्यानो वितरण गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले राउटेलाई पनि राहत दिइएको हो ।


घुमन्ते समुदाय राउटे दाजुभाइहरुले घर परिवारको लागि चामल माग गर्नुभयो, प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयोे, ‘जुम्ला पुगेका सबैलाई प्रतिकेजी २५ केजीका दरले ३ प्याक चामल र पाँच सय रुपैयाँ बाटोमा खाजा स्वरुप उपलब्ध गराईयो ।’ उहाँले राउटेहरुलाई जुम्लादेखि सुर्खेतसम्म जाने बस भाडासमेत व्यवस्थापन गरिएको बताउनुभयो ।

सिडिओ सापले भेट्ने अनि आफ्नै हातले कोशेली दिएर जाने भनेर राउटे जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेका थिए । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ हिजो होटलमा ढिलो पुग्दा खान पाकेन भन्ने गुनासो गर्नुभयो । खान खाने व्यवस्था मिलाईयो । चिसो भएको भनेपछि सुर्खेतसम्मको व्यवस्था गरेर फर्काइयो । जुम्ला पुगेका राउटे राहत पाएपछि निकै खुसि भएर फर्के । उनीहरु बर्षेनी आफुहरुले बनाएका काठका भाडा कोशेली स्वरुप लिएर जुम्ला पुग्ने गरेका छन् ।