Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कोरोनाका कारण ६१ वर्षिया महिलाको जयान गयो

सुर्खेत ।
सुर्खेतमा कोरोना संक्रमित ६१ वर्षिया महिलाको ज्यान गएको छ । प्रदेश अस्पताल सुर्खेत स्रोतका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, सुर्खेत निवासी ६१ वर्षीया महिलाको प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट २०७७ माघ १५ गते कोभिड १९ संक्रमण पुष्टि भई २०७७ माघ १८ गते प्रदेश अस्पतालको कोभिड १९ आइसियुमा भर्ना गरिएको थियो । उक्त महिलामा उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग समेत रहेको बताईको छ । उनलाई प्रोटोकल अनुसार उपचार गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभई २०७७ माघ २५ गते बिहान ४ः३० बजे दुःखद निधन भएको अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको छ । उनको शव जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाको नयाँ सबुज गण कपासेबाट शव व्यवस्थापन गरेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार उनी समेत गरि हालसम्म कर्णालीमा ३१ जनाले कोभिडका कारण ज्यान गुमाइसकेका छन् ।