Loading... आजः १० भाद्र २०८३, बुधबार । Wednesday 26th August 2026

कविता – भागिरथी भट्टको बारेमा

कौशिला अधिकारी

घर बैतडि जात हो उनको भट्ट नाम हो भागरथी
बलात्कार गरि मृत्युदण्ड  दिलाए पापिले उनी माथी ।

नारी भई जन्मनु र स्वतन्त्र बाँच्नु अपराध हो साथी
आफ्नो पुरुषत्व देखाई महिला सिकार गरे कति ।

छोरी बहिनी नभन्ने यौन पिपासु पुरुष घाती
यस्तो कुपुत्र जन्माउनु भन्दा बाँझै बस्न जाती ।

आमा रोइ कराइ रहेकि छन ठोकेर आफ्नो छाती
समाज पनि कति निष्ठुरी बज्रपात पारी दिए उनी माथी ।

अपराधीँ उम्काउन हुन्न फाँसी दिलाउनु पर्छ अपराधी समाती
महिला राष्ट्रपति भएको हाम्रो देशमा भएको छ यो दुर्गती ।

यो कुकर्म गर्नेलाई कहिल्यै कहिल्यै नहोस सुमती
सदाका लागि डुव्ने बेला भएकी आमाले गुमाईन असल साथी

को गर्ला सहयोग उनलाई को ल्याइ देला पानी
ती आँसुका धाराले भिजी सके आँखाका नानी

तिम्रो घाँटी सुक्दा तिमीलाई खुवाउन पानी एक अजौली

बहिनी तिम्रो स्वर्गैमा बाँस हो हार्दिक हार्दिक श्राद्वान्जली !