Loading... आजः १० भाद्र २०८३, बुधबार । Wednesday 26th August 2026

रामकुमारीलाई थमायो प्रहरीले पक्राउ पूर्जी, राज्यविरुद्धको कसुर गरेको आरोप

काठमाडौं ।

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई जरुरी पक्राउ पूर्जी थमाएको छ ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो ।

मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ ।

यसको दफा १ मा लेखिएको छ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन ।’

यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।