मरणोपरान्त शरीर दान गर्ने सत्यमोहन जोशी दम्पतीको निर्णय
काठमाडौं ।
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने भएका छन् ।
मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीले बताए । किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह गरिरहेको छ ।
‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोही अनुसार पनि म १०० वर्ष त बाँचिसकेँ । यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो छ ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं’ जोशीले भने ।
यसबारे औपचारिक घोषणाका लागि आज ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम राखिएको छ ।







