Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

काठसहित तीन जना पक्राउ

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध रुपमा ओसार पसार भइरहेको काठ पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले
भेरीगंगा नगरपालिका वडा नं.११ रामघाट स्थित साधीखोलाबाट रामघाटतर्फ आउदै गरेको भे १ त ७४५० न.को ट्याकटरमा अबैध रुपमा ल्याउदै गरेको सालको चिरान ६५ थान (कडि) ५०.५५ क्यु फिट काठ पक्राउ गरेको हो ।

यसैगरि टेक्टर चालक लेकबेशी न.पा. ७ बस्ने बर्ष २१ को देब बहादुर घर्ती, ट्याक्टर साहु भेरीगंगा न.पा. ११ बस्ने बर्ष ४६ को कर्ण ब. घर्ती र जिल्ला बर्दिया बासगडी बस्ने बर्ष ३० को पुष्प आचार्यलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । उक्त काठ र ट्याक्टर सहित पक्राउ परेको तीनै जनालाई आवश्यक कारबाहीको लागि सव वन डिभिजन वन कार्यालय छिन्चुबाट खटिएका रेन्जर भोज प्रसाद उपाध्यायको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।