Loading... आजः ६ माघ २०७८, बिहीबार । Thursday 20th January 2022

असंवैधानिक कदमको विरुद्धमा उत्रे कर्णालीका पत्रकार पनि

सुर्खेत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । प्रधानमन्त्रीको उक्त कदम संविधान विपरित भएको भन्दै सुर्खेतका पत्रकारहरुले मौन ¥याली निकालेर विरोध गरेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाको प्रतिनिधिमूलक सहभागीता गरेर उनीहरु विरोधमा उत्रिएका हुन् ।

आइतबार (आज) वीरेन्द्रनगरको मंगलगढी चोकदेखि ¥याली निकालेका पत्रकारहरु स्थानीय पिपलचौतारीमा पुगेर कोणसभा गरेका थिए । कोणसभामा बोल्दै पत्रकारका नेताहरुले पत्रकारिता क्षेत्रलाई निष्तेज पार्न खोजिएको बताएका छन् । अहिले आउन थालेको निर्देशिका पनि पत्रकारका विरुद्धमा रहेको अमर सुनारले बताए । निरंकुश शासन कदापी नटिक्ने डम्बर विष्टले बताए । यसैगरि कमल पन्तले भने, असंवैधानिक कदम प्रति देखाइएको एकताले पत्रकारहरु बलिया भएको बताए ।

प्रेस स्वतन्त्रताको विरुद्धमा लागेर कोही पनि नटिकेको र संविधानको रक्षार्थ पत्रकारहरु एक भइसकेको कोणसभाका बक्ताहरुले बताएका थिए ।

यसैगरि लेख्ने कलममा प्रतिबन्ध लगाउन खोजिएको र बोल्ने ओठहरुमा प्रतिबन्ध लगाउन खोजिएको भन्दै पत्रकारहरुले विरोध जनाएका हुन् । विरोध कार्यक्रममा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, नेपाल प्रेस, प्रेस सोसाइटी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज, राष्ट्रिय दलित पत्रकार संघ र नेपाल आदिवासी पत्रकार महासंघको सहभागीता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.