आइएमइले दियो स्वास्थ्यकर्मीलाई फेससिट
सुर्खेत ।
विश्वमा कोरोना विरुद्धको खोपको अभियान संचालन भइ सकेपनि कोरोनाको समस्याबाट अझैँ मुक्त हुन सकिरहेको छैन । जनस्वास्थ्यमा प्रत्यक्ष रुपमा सम्बन्ध राख्ने स्वास्थ्यकर्मीहरु सबैभन्दा जोखिममा रहने भएकाले उक्त खोजिम न्यूनिकरणका लागि आइएमई सुर्खेत शाखाले जनस्वास्थ्य कार्यालय सुर्खेतलाई १५० पिस फेससिट उपलब्ध गराएको छ ।

स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्यको लागि कोरोनाबाट प्रतिरक्षा गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ उक्त फेससिट उपलब्ध गराएको सुर्खेत शाखाका प्रतिनिधि डिकेन्द्र थापााले बताउनु भयो । उक्त सामग्री डिकेन्द्र थापा र दिपेन्द्र सिंहले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । फेससिटले फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई केही हदसम्म भएपनि राहत पुग्ने आशा गरिएको डिकेन्द्र थापाको भनाई थियो ।
उक्त स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तर गरेकोमा संस्था र यसका प्रतिनिधि प्रति जन स्वास्थ्य सेवा कार्यालयका अधिकृत गणेशभक्त गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पछिल्लो समयमा कोरोना विरुद्धको खोपको दोस्रो चरण चलिरहेको छ । खोप लगाएपछि त्यसले मानव शरिरमा रोगसँग लड्न सक्ने क्षमता विकास गर्ने तर रोग लाग्नैबाट नबचाउने भएकोले खोप लिएपछि पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्नुपर्ने विश्व स्वास्थ्य संघलगायत नेपाल सरकार र स्वास्थ्यकर्मीहरुले समेत बताउँदै आइरहेका छन् ।






