Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

वादी समुदायद्वारा नाङ्गै आन्दोलन गर्ने चेतावनी

सुर्खेत ।

कर्णाली प्रदेशका दैलेखलगायत कालिकोट,जाजरकोट र सुर्खेतमा समेत रहेका वादी समुदाय जग्गाको माग गर्दै आन्दोलनमा उत्रिएकाछन् । उनीहरु जग्गाको माग गर्दै कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रपिरिषद्कोकार्यालयमा धर्नामा छन् ।

धर्ना बसिरहँदा पनि प्रदेश सरकारले उनीहरुलाईजग्गा दिन नसक्ने बताएपछि वादी समुदाय केही कडा आन्दोलनका कार्यक्रममा उत्रिन थालेपछिप्रहरीले उनीहरुलाई रोक्ने क्रममा लाठी प्रहार लगायत धकेलपकेल समेत गरेको छ ।

यसैक्रममा केही महिलाहरु घाइते भएका छन् भने केहीको कपडा समेत च्यातिएको छ । शरिरमा लगाएको कपडा नै च्यातिने गरि अन्यायगरेकोले अहिलेसम्म कपडा लगाएर आन्दोलन गरिरहेका छौ अब नाङ्गै आन्दोलन गर्नुनपरोस् भन्दै उनीहरुले नाङ्गै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाई छ । गाउँघरमा परम्परागत पेशा सुल्पा, चिलिम रमादल बनाउँदै र माग्दै जीवन निर्वाह गर्ने वादी समुदाय पछिल्लो समयमा स्थायी बसोबासगर्ने, खेती तथा अन्य व्यावसाय गर्न तयार रहेको तर त्यसका लागि सरकारले खेती योग्यजमिनको व्यवस्था गर्नु पर्ने माग गर्दै आइरहेका छन् ।

पिछडिएको वर्ग वादी समुदायको सरकारनआएको र सरकार छ, लोकतन्त्र छ, गणतन्त्र छ भन्ने अनुभव सम्म गर्न नपाएको कुरालाई वादीसमुदायका महिलाहरुले गीतका भाकाहरुमा व्यक्त गर्ने गरेका छन् ।