Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

संगठनमा लागेकै कारण सोधियो स्पष्टिकरण

सुर्खेत ।
जाजरकोटको भेरी नगरपालिकाले संगठनमा लाग्नेहरुलाई स्पष्टिकरण सोध्न थालेको छ । प्रेस संगठन कर्णाली प्रदेश कमिटीको सदस्य पदमा मनोनित भएकाहरुसँग नगरपालिकाले स्पष्टिकरण सोधेको छ ।

नगरपालिकाका अनुसार संघीय निजामति ऐन २०४९ को दफा ४४ बमोजिमको भावना विपरित हुने गरी प्रेस संगठनको सदस्य आवद्ध भएकोले कारवाही किन नगर्ने भनि २४ घण्टा भित्र नगरप्रमुख तथा कार्यालय समक्ष चित्त बुझ्दो स्पष्टिकरण पेश गर्न भनिएको छ । यसरी स्पष्टिकरणमा पर्नेहरुमा एम.आइ.एस अपरेटर पवन शर्मा र सरोज वली तथा सहायक चौथो भरत कुमार शर्मा परेका छन् ।

यता प्रेस संगठन कर्णाली प्रदेशले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त उक्त स्पष्टिकरण सोध्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि पेशा व्यावसायमा क्रियाशील व्यक्तिहरु संगठीत हुन पाउने, विचार अभिव्यक्त गर्न पाउने अधिकार हुँदाहुँदै भेरी नगरपालिकाले विचार तथा आस्थालाई लिएर संगठित भएकै आधारमा कारवाहीको विषय बनाएको प्रति देद प्रकट गरेको छ ।

यसैगरि नगरपालिकाले चालेको उक्त कदम सच्याउन समेत माग गरिएको छ । सरकारी काम काजमा कुनै बाधा अवरोध नपु¥याई पत्रकारिता पेशामा निरन्तरता दिन सफल संगठनका जिम्मेवार व्यक्तिहरु माथि गरिएको अन्यायपूर्ण कार्य तत्काल नसच्याए संगठन कडा आन्दोलनमा उत्रिन बाध्य हुने कुरा कर्णाली प्रदेशका संयोजक प्रतिक इच्छुक शर्मा र सचिव दीपक कुमार बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

 

No photo description available.