Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ । के के कुरामा सहमति भयो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।

नेपाल सरकारले २०७५ फागुनमा विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

May be an image of text