विप्लव सभालाई सम्बोधन गर्दै
काठमाडौं ।
नेत्र विक्रम चन्द (विप्लव) अहिले काठमाडौंमा आयोजना भएको सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले आफ्नो पार्टीको योजना देशलाई समृद्ध बनाउने रहेको बताउनु भएको छ । यसलाई पूरा गर्नका लागि सबैको सहयोग प्राप्त भएको र आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको विप्लवको भनाई छ ।

एउटा अध्यारो युगको अन्त्य भएको र अब उज्यालो सपना देखेर अग्रजहरुले झापाको सुखानीमा बगाएको रगतलाई सम्झना गर्दै आजको दिन पनि युगको नयाँ सपना बोकेको दिन भएको विप्लवले बताउनु भयो । नेपाली जनताको सुखद भविष्यको निम्ति आजको दिन जोडिएको महसुस भएको विप्लवले बताउनु भयो ।






