Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

प्रहरी श्रीमती संघले चलायो स्वास्थ्य शिविर

सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी श्रीमती संघले दैलेखको धरमपोखरामा स्वास्थ्य शिविर संचालन गरेको छ । गुराँस गाउँपालिकाको लालिकाँडा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरिएको कर्णाली प्रदेश प्रहरी श्रीमती संघले जनाएको छ ।


उक्त शिविरमा स्त्री रोग तथा जनरल फिजिसियन र दाँत सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरमा महिला ४२९ र पुरुष १७२ गरी जम्मा ६०१ जनाले सेबा प्राप्त गरेका थिए ।

शिविरको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले प्रहरी श्रीमती संघले गरेको कार्यको प्रसंशा गर्नुभएको थियो ।

विशेष अतिथिको रुपमा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले स्वास्थ्य नै सबै भन्दा ठूलो धन भएकोले स्वास्थ्यमा सबै तह तप्काले ख्याल गर्नुपर्ने बताउनु भयो ।

शिविरमा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधब प्रसाद श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठ समेतको आतिथ्यमा सम्पन्न भएको ।