गाडी दुर्घटना, एककको मृत्यु
कालीकोट ।
कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२ ०० ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा कालीकोट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाहीको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अर्जुन चन्द्रले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । गाडीमा १७ जना यात्रु रहेको बताइएको छ ।






