Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

संक्रमणबाट ६१ जना निको

काठमाडौं, फागुन २८ गते । नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ४८ जनामा सङ्क्रमणको पुष्टि भएको र ६१ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै यो सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको बताएको हो । पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् । हालसम्म २२ लाख १० हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ९२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५१ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा पनि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।