Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

२४ घण्टे स्पष्टिकरणमा परे बादलसहितका मन्त्रीहरु

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । उनीहरु माओवादी केन्द्रबाट निर्वाचन भएपनि सर्वोच्चले माओवादी केन्द्र र एमाले ब्यूताइ दिएपछि एमालेमा लागेका कारण स्पष्टिकरणमा परेका हुन् ।