Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

नागढुङ्गा सुरुङमार्ग निर्माण संगै पूर्वाधारका काम पनि अघि बढ्दै

काठमाडाैं । नागढुङ्गा-सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोरोना प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । अहिले सुरुङमा २४ घण्टा काम भइरहेको छ ।आयोजनाका अनुसार पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मि
। खनिसकिएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मि।
खनिएको छ । सोही आयोजना अन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा‘ओभरपास’निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहूँच सडक निर्माण अघि बढेको छ ।

आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र‘ ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ । सो स्थानमा स्थानीयवासीको उत्पादन सङ्कलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरिइरहेको प्रमुख शाक्यले बताउनु भयो ।

आयोजना प्रमुख शाक्यका अनुसार सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाइएको थियो । त्यसमध्ये अहिले एक महिना सकिएको छ । अब १५ महिनामा सुरुङ खनिसकिने गरी काम अघि बढेको छ । सुरुङमा खन्ने काम सकिएपछि अन्तिम चरणको काम हुने बताइएको छ । रासस