Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

नौदिन पछि भेटियो रजनीको शव

सुर्खेत ।
दैलेखको आठबीस–३ निमायलकी ५ वर्षीया बालिका रजनी बडुवालको शव नौ दिनपछि भेटिएको छ । आमा सुकी बढुवालसँगै कर्णाली नदीमा हामफालेको नौ दिनपछि रजनीको शव भेटिएको दैलेख प्रहरीले जनाएको छ ।

मंगलबार अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली किनारमा रजनीको शव भेटिएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताउनु भयो । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचानपछि पोस्टमार्टमका लागि अछामको जिल्ला अस्पताल मंगलसेनमा पठाइएको प्रहरीले जनाएको छ ।

फागुन २३ गते निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन् । अरु चार जनाको शव भने यस अघि नै भेटिइसकेको थियो । घरेलु हिंसाका कारण आत्महत्याको आशंका गरिएपनि आत्महत्याको कारण भने खुल्ल सकेको छैन ।