Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

एमालेमा समानान्तर गतिविधि, आज माधव समूहको महिला भेला

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ ।

 

आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्दैछन् । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।

देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।