Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

चुली कप २०७७: नेपाल आर्मीको बिजयी शुरुवात

सुर्खेत |

नेपाल आर्मीले कर्णाली मै सर्वाधिक पुरुस्कार राशीको प्रदेशस्तरीय भलिवल प्रतियोगितामा बिजयी शुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३–१ को सेटमा हराउदै पहिलो जित दर्ता गराएको छ ।
आर्मीले पहिलो सेटमा सल्यानलाई २५–२१ मा हराउदाँ दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५–२२ ले स्तब्ध पार्दै खेल बराबरीमा पुर्याउन सफल भयो।
त्यपछि आर्मीले पुनः सल्यानलाई तेस्रो र चौथो सेट २५– १९, र २५– २२ मा पाखा लगाउदै दुई अंक जोड्न सक्यो।

११ गतेबाट सुरु भएको प्रथम चुली कप उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् ।  खेलाडी उत्पादनका लागी प्रत्यक स्थानिय तहमा प्रतियोगीता गरि खेलाडी छनोट गरिने कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताए । कर्णालीका खेलाडीहरुलाई व्यवसायीक रुपमा बिकास गर्नेको उनले बताए । भौतिक संरचनाको हकमा प्रत्यक स्थानिय तहमा खेल मैदान निमार्ण गरिने उनको भनाई छ ।
भलिबल संघका केन्द्रीय उपाअध्यक्ष ऐनबहादुर शाहीले खेलकुदको क्षेत्रमा कर्णाली प्रदेश पछि परेको बताएका छन् । भौतिक पुर्वधारको क्षेत्रमा र खेलाडीका पसिको बृद्धी र बिकासमा पछि परेको यसको लागी सम्बन्धी सबैले ध्यानदिनु पर्ने उनले बताए ।

आवश्यक अनुसरकार भौतिक संरचना बनेमा खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरेमा कर्णालीका खेलाडीहरुले विश्वमा नाम चिनाउन सक्ने उनको भनाई छ । त्यस्तै अन्तराष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङले कर्णाली प्रदेशको खेलको बिकासका लागी भौतिक संरचाना निमार्ण गरिनु पर्ने बताएका छन् । खेलाडीहरु धेरै नै राम्रो भएको प्रशिक्षण र खेलकुदका लागी आवश्यक भौतिक संरचनाको नभएकाले कर्णालीका खेलाडीहरु प्छि परेको उनको सुझाब छ ।

भलिबल उद्घाटन कार्यक्रममको समापन गर्दे चुली युवा क्लवका अध्यक्षले कर्णालीमा खेलकुदलाई प्रथमिकता नदिने गरेको बताएका छन् । सहभागी सबैलाई धन्यवाद दिदै हरेक खेलकुदका गतिबिधि अघाडी बढाउनु पर्ने उनले बताए ।

नकआउट चरण अन्तर्गत खेलाईएको आजको खेल वेस्ट अफ फाइवको फर्म्याटमा भएको हो । प्रतियोगितामा कर्णाली सहित विभिन्न अन्य प्रदेशका गरेर ८ टिमले सहभागीता जनाएका छन । प्रतियोगितामा १२ गते पाँच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख हातपार्दा उपबिजेताले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ।


यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउदाँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउने छन।सकेकेको र अहिले सम्म ७ ओटा टीम सम्पर्कमा आएको उनले जानकारी दिए । यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउदाँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउनेछन् ।