Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

काठमाडौं |

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।

२९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डा. भरतकुमार भट्टराई, उपाध्यक्ष: नरनाथ लुइँटेल, महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सचिव: घनेन्द्र ओझा, कोषाध्यक्ष सहप्राध्यापक डा. नारायण शर्मा गैरे निर्वाचित भएका छन् ।

यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रा.डा. देवीप्रसाद गौतमले जानकारी दिए ।