Loading... आजः २४ पुष २०८२, बिहीबार । Thursday 8th January 2026
ताजा खबर
  

कर्णाली सरकारलाई काँग्रेसको साथ

सुर्खेत ।

नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा सदस्य जिवनबहादुर शाहीले प्रतिपक्ष दललाइ मत गर्ने बताएका छन् ।

शाहीले कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बताए हुन ।

‘हामीले हाल्दा पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन । हाम्रो ६ सीट छ । हामी तेस्रो दल हौं । हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं’, शाहीले भने ।

मुख्यमन्त्री शाही आवद्ध दल माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ जनाले मत दिए मुख्यमन्त्रीको पक्षमा १८ पुग्छ । तर ३९ सदस्यीय प्रदेशसभाको बहुमतका लागि उनलाई २० मत चाहिन्छ ।

एक प्रदेशसभा भएको राप्रपाले तटस्थ बस्ने घोषणा गरेको छ । त्यसैले १९ प्रदेशसभा सदस्य भएको एमालेबाट फ्लोर क्रस नभए शाहीले विश्वासको मत पाउने छैनन् ।

त्यसो भएमा मुख्यमन्त्री शाही पदमुक्त हुन्छन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।