Loading... आजः २८ बैशाख २०७८, मंगलवार । Tuesday 11th May 2021

दुई विश्व हिन्दु महासंघ बीच एकता

काठमाडौं ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिअन्तर्गत रहेको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति र विश्व हिन्दु महासंघ कलंकीबीच एकता हुने भएको छ ।

यसअघि विवादका कारण दुई संस्थाको रुपमा कार्यरत थिए । आगामी वैशाख ८ गते रामनवमीका दिन अर्थात महासंघको ४१ औ स्थापना दिवसको दिन एकता घोषणा गरिने बताइएको छ । महासंघकी महासचिव अस्मिता भण्डारीले सबै विषय मिलेपछि एकता हुन लागेको बताइन् ।