Loading... आजः २८ बैशाख २०७८, मंगलवार । Tuesday 11th May 2021

देशभर थप १२८१ जनामा कोरोना संक्रमण

थप ८ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २स य ८१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसरा काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।

यस्तै हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ । हाल ८१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ।