Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

नेपाली गजलको ठूलो पुरस्कार राशि सल्यानमा

सल्यान ।

बन्गाड कुपिण्डे नगरपालिका १ सल्यान निवासी एक दाम्पतिले छोराको प्रणय सम्झनामा ‘चेतन गजल पुरस्कार’को लागि अक्षयकोष स्थापना गरेका छन्। नेपाली भाषा,कला,साहित्यको उन्नयनका लागि बिगत लामो बर्ष अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषदका पदाधिकारीहरुको रोहबरमा नेपाली गजलका लागि योगदान र लेखनमा कृयाशिल एक जना गजलकारलाई प्रत्येक बर्ष मनाइने परिषदको वार्षिकोत्सबमा यो पुरस्कार प्रदान गरिनेछ। उत्त पुरस्कारको राशि ५६ हजार६ सय ६६ रुपैयाँ रहेको छ।

परिषदका अध्यक्ष भरत रोकाय भन्छन् ‘साहित्य मनोरञ्जन मात्रै नभएर साहित्य जीवन दर्शन हो, साहित्य नबुझेकाले जीवन बुझेका हुँदैनन्। यो दम्पतिले साहित्य बुझेकैले जीवन बुझ्नु भएको छ र त पवित्र मनले यो पुरस्कार अक्ष्यकोषको स्थापना सुरु गरेर हामीलाई थप जिम्मेवारि संगै उर्जा थपिदिनु भएको छ।’

परिषदका संस्थापक लोकेश जलनका अनुसार यो नेपालमा पुरस्कृत गरिने नेपाली गजलको सबै भन्दा ठुलो गजल पुरस्कार राशि हो। नेपाली गजलको ठूलो गजल पुरस्कार राशी सल्यानमा स्थापना र सल्यान कला साहित्य परिषदबाट प्रदान गरिन लागेको हुँदा आफू निकै उत्साहित भएको उनले बताए।

यो पुरस्कार परिषदको आयोजनामा जेठ दोस्रो हप्ता हुन लागेको सल्यान चौथो गजल महफिलमा सार्वजनिक गरिने योजना भएपनि कोभिडको कारण महफिल पछाडि धकलिएकिए पछि परिषदका पदाधिकारीहरुले विभिन्न माध्यमबाट आजै अनौपचारिक जानकारी गराएका थिए। परिषदका अनुसार ती दम्पतीको नाम आउदो मंसिरमा हुने वार्षिकोत्सबमा सार्वजनिक गरिने छ।