Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु

काठमाडौं ।

कोरोना भाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ।

काठमाडौं उपत्यकामा आज २९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । जस अनुसार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा  पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको छ।

नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३  हजार १८७  पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३  पुगेको छ।

आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन्।