देशभर थप ५७२७ जनामा कोरोना संक्रमण, ९२८ संक्रमणमुक्त
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ९२८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।
देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।






