Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

कोरोनाबाट मृत्युभएका परिवारलाई एकलाख राहत दिइने

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभएको हो ।

‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले बताउनु भयो । कर्णाली प्रदेशको यो निर्णयले कर्णालीमा कोरोनाबाट मृत्यु हुनेहरुको परिवारमा थोरै भएपनि आर्थिक राहत पुग्ने विश्वास गरिएको छ ।