Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

निशेधाज्ञामा बढ्यो कालोधन्दा

सुर्खेत ।
निशेधाज्ञाको मौका पारी सुर्खेतमा कालो धन्दा बढेको छ । निशेधाज्ञाको समयमा राजश्व छली गरि सुर्खेत ल्याईएको अखाद्य बस्तु सुर्खेत प्रहरीले बरामद गरेको छ । मार्संल जनरल स्टोरको नाममा रहेको कर्णाली प्रदेश ०२००१ क ०१२१ नम्वरको गाडीमा आईतवार साझ २५ बोरा कर छली गरि ल्याईएको सुर्ती मार्संल जनरल स्टोरको गाडीमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राम प्रशाद घर्तीका अनुसार अवैध सामाग्री आएको सुचनाका आधारमा चेकजाँच गर्दा बाहिर चाउचाउ लगाएतका खाद्य बस्तुले छोपीएको अवस्थामा गाडी भित्र गोल्डेन कम्पनीको कर छली गरि ल्याईएको ५ लाख बरावरको सुर्ती फेला परेको र हाल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी आन्तरिक राजश्व कार्यलय सुर्खेतमा पठाईएको छ ।

यस्तै गाडीका चालक अशोक शाहीलाई पनी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राम प्रशाद घर्तिले जानकारी दिए ।

बजारका खाद्य बस्तुमा व्यापारीहरुले कृतिम अभाव सृजना गर्दा उपभोक्ता मारमा परेका छननै, ब्यापारीहरु भने अबैध सामाग्री बेच्नका लागी उत्तीकै लागी परेका छन् ।