देशभर थप ९,१९३ जनामा कोरोना संक्रमण, ५० संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन् ।
हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमणमुक्त भएको छन् ।






