Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

नगरपालिकाले सुरु ग¥यो २५ शैयाको अस्पताल

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको कोरोना अस्पताल संचालनमा ल्याएको छ । शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोरोना अस्पतालको नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर संचालनमा ल्याउनु भएको हो । कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई उपचार गराउँन सहज हुने हिसाबले तत्कालको लागि १० बेड अक्सिजन सहितको २५ शैया कोभिड अस्पतालको आजबाट सुरु गरिएको वीरेन्द्रनगर उप–प्रमुख महोनमाया ढकालले वताउनु भयो ।

उक्त कोभिड अस्पताललाई २५ शैयाबाट बढाएर ५० शैयासम्म पु¥याउँने नगरपालिकाको योजना रहेको छ । अस्पतालमा चिकित्सक, नर्सिङ्ग स्टाफहरुले सेवा दिन सुरु गरिसकेका छन् भने अक्सिजनको समेत व्यवस्थापन गरिएको छ ।

वीरेन्द्रनगर भित्रै रहेको प्रदेश अस्पतालमा समेत विरामीहरुको चाप अत्याधिक हुन थालेपछि सहजताका लागि नगरपालिका आफैले अस्पतालको सुरुवात गरेको हो ।