Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

सबै सबैले सम्झिए आमा

हरेक ठेसमा
मैँलेजस्तै
मान्छेहरू
कि भगवान् सम्झिदा रहेछन् कि आमा
सबै सबैले सम्झिए आमा
मेराे गाउँकाे नामुद जड्याहाले
साइलीले उधाराे रक्सी नदिदा सम्झियाे
एक जुवाडे थियाे गाउँमा
उसले पनि
जुवा हारेर कङ्गाल भएपछि सम्झियाे
गजडीले
गाँजाकाे नशा उत्रेपछि
भाेक लागेर सम्झियाे
ग्राहककाे प्रतीक्षामा बसेकी पिङ्गलाले
ग्राहक नपाएपछि सम्झिई
प्रेमिकाबाट धाेका पाएर फर्किएकाे प्रेमीले
तुरूक्क चुहाउँदै अश्रुधारा
सम्झियाे  आमाकाे वात्सल्य प्रेम
दिनभरि जाेतेर लखतरान परेकाे हलीले
साँझ चुल्हाे नबल्दा सम्झियाे
पक्षघातले थला परेकी काइलीले
शरीर नचल्दा सम्झिई
अचम्म !
आमालाई वृद्धाश्रममा छाेडेर फर्किएकाे पाखण्डीले
आमाकाे मुख हेर्ने दिन
फेसबुकमा राखेर आमाकाे तस्बिर
किन सम्झियाे आमा ?