Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

आज अक्षय तृतीया

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।

शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल ब्याख्या सातु खाने दिनका रुपमा रहेको छ । सातु अर्थात् चना, जाै जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारीएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणीक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिंड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरु बेग्ला बेग्लै भूटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीबाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकैपटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरु प्राय सबै अकुंरण गर्न सक्नेअन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरुको महिमालाई प्राचीनकाल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।

यी त भए सातुका कुराहरु, आजको दिनलाई अन्य धेरै कुराहरुले पनि सम्झना र सर्मपण लायक बनाएका छन् । आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिइन्छ, आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो भने महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ ।

पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईं सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।

अक्षय भन्ने वित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौं । आज अक्षय पूण्य प्राप्त गर्नका लागप वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरु दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तरपुस्ता मायाका लागि पनि अत्यन्त महत्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिब्यक्ति दिएको छ । हाम्रो पात्रो