Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

कर्णालीमा थपिए माओवादी केन्द्रका दुई मन्त्री

सुर्खेत |

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन्।थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।शाहीले सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका हुन्।

नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नेपाली र शर्मा असअघि सपथ खान नपाउँदै पदमुक्त भएका थिए। मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान बिष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीता नेपालीलाई नियुक्त गर्ने निर्णय गरेका थिए।