Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

कर्णालीका नियुक्त दुई मन्त्रीले खाए सपथ

सुर्खेत । 

कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गर्नुभएका दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त आर्थिम मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

गत बुधबार मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदारका लागि सहकार्यका गरेकाे  नेपाली कांग्रेसलाइ जानकारी नदिइ भाैतिक पूर्वाधार विकास मन्त्रालय फुटाएपछि आपत्ती जनाएकाे थियाे ।

केही आन्तरिक तयारी नभएको भन्दै दुई जना मन्त्रीलाई नियुक्त गरेको सिफारिस मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख समक्ष गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री आइतबार साँझ नियुक्त गरेको थियो । नेपाली काँग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा मन्त्री नपठाउँदा रिक्त नै रहेको छ ।