Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

काठमाडौं ।

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएका उनले अनलाइनखबरलाई बोलाए ।

नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले पनि श्रमजीविको पक्षमा काम नगरेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईले दावी गरे । एमालेको माधवकुमार नेपाल पक्षका नेता राईले पार्टी भने आफ्नै लागि दर्ता गरेको बताए ।

‘मेरो राष्ट्रपति, प्रधानमन्त्री, माधव कमरेड सबैसँग राम्रो सम्बन्ध छ, तर नेताका लागि पार्टी दर्ता गरेको होइन, आफ्नै लागि हो’ उनले भने ।