नेपाली काँग्रेस सुर्खेतको गम्भिर ध्यानआकर्षण
नेपाली काँग्रेस सुर्खेतले प्रधानमन्त्री र राष्ट्रपतिको गैरजिमेवार कदमले प्रतिनिधि सभा विघटन भएको भन्दै आफ्नो गम्भिर ध्यानआकर्षण भएको जनाएको छ।
सभापति कमलराज रेग्मीले विज्ञप्ती जारीगर्दै नेपाली जनताको कठोर आन्दोन संर्घष र बलिदानीबाट प्राप्त संविधानमाथी अहिलेको सरकारले कुठाराघात गरेको जनाएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा बदनियतपुर्ण ढगंले षड्यन्त्रपुर्वक मध्यरातिमा प्रतिनिधिसभा विघटन गरिएको काँग्रेसको ठहर छ। महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी अत्यन्त गैरजिम्मेवार कार्य भएको काँग्रेसको भनार्इ छ।
विज्ञप्ती प्रतिगामी कदमले देशमा नयाँ राजनितिक धुव्रकरणर जटिलतातर्फ धकेलिएको भन्दै यसबाट देश र जनताले झन बढी दुःख र कष्टको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको जनार्इएको छ। सभापति रेग्मीले प्रतिनिधिसभालार्इ विघटन गर्ने कदम राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक ,स्वेच्छाचारी, निरंकुशकार्यको भत्र्सन गरेको बताउनुभयो। विज्ञप्तिमा निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलिदिएको भनिएको।
संविधान, प्रतिनिधि सभा र लोकतन्त्रको रक्षाका लागि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभाका १४९ माननीय सदस्यहरुको हस्ताक्षर सहित तोकिएको अवधिमै राष्ट्रपति समक्ष दावी प्रस्तुत भएपनि जालसाजी गरेको काँग्रेसको ठहर छ। सभापति रेग्मीले संविधानको रक्षाको लागी लोकतान्त्रवादी शक्तिहरुलार्इ एकजुट भर्इदिन समेत आग्रह गर्नुभएको छ।








