Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

देशभर थप ७४२५ जनामा कोरोना संक्रमण, १८५ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो।

पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।