Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबारलाई पेशी तोकियो

काठमाडौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ माग गरिएका निवेदनको आगामी बिहीबार र शुक्रबारका लागि पेशी तोकिएको छ ।

संवैधानिक इजलासमा नपरेका निवेदनहरू आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन्।

तीमध्ये १९ रिट साधारण इजलास र ११ रिट संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका छन् ।

संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार माननिय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।