Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

विपद्को प्रतिकार्य र पूर्वतयारीमा प्रदेश सरकार

सुर्खेत  ।

कर्णाली प्रदेश सरकार विपद् नियन्त्रण तथा प्रतिकार्यको पूर्वतयारीमा जुटेको छ । मनसुन सक्रियभएसँगै हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी प्रदेश सरकारले पूर्वतयारी थालेको छ । सोमबारदेखि प्रदेशको आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद् मन्त्रालयले प्राकृतिक विपद् तथा कोरोना नियन्त्रण प्रतिकार्यका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

मनसुनको पूर्व तयारी तथा प्रतिकार्य योजनाका तयारी तथा अद्यावधिक गरी प्रदेशस्तरीय आपतकालित पूर्व तयारी तथा प्रतिकार्य योजना कोभिड र मनसून केन्द्रित तयारी कार्यदल गठन गर्ने निर्णय गरेको गरिएको छ । प्रतिकार्यका लागि आवश्यकता अनुसार जिल्ला र स्थानीय तहसम्म विस्तार र व्यवस्थापन गर्ने, बाढी र पहिरोबाट हुने क्षति न्यूनिकरणको लागि प्रदेश स्तरीय सञ्चार संयन्त्र तयार पार्ने, सबै जिल्ला, स्थानीय तह र जोखिममा रहेका समुदायमा जनचेतना अभिबृद्धि र त्यसका लागि विकास साझेदारहरुसंगको समन्वय र सहकार्य गर्दै स्थानीय तहसम्म आपत्कालिन संचालन केन्द्रहरुलाई सुदृढिकरण गर्ने निर्णय भएको आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद् मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालीले प्रदेश बाढी पहिरो, आगलागी र चट्याङ जस्ता विपद्का घटनाबाट बर्षेनी लाखौं क्षति बेहोर्नुपरेको भन्द त्यसलाई रोक्न नयाँ प्रविधि र दक्ष जनशक्ति तयारी थाल्नुपर्ने बताइन । विपद्सँग जुध्नका लागि संघ, प्रदेश, स्थानीय तह र विकास साझेदारी निकायबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने बताइन् ।

त्यस्तै कोरोना महामारी नियन्त्रण र निषेधाज्ञाका कारण हुनसक्ने खाद्य संकटका लागि सबै निकायलाई पहल चाल्न आग्रह गरिन् । कार्यक्रममा विकास साझेदार निकायहरु विश्व खाद्य संगठन, युनिसेफ, युएनडिपी, विश्व स्वास्थ्य संगठन, युनोप्स, आईआएम, मर्सिक्रप्स, सेभद चिल्ड्रेनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।