देशभर थप ६, ७१४ जनामा कोरोना संक्रमण
१४५ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टाको देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल देशभर १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ । देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।






