Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

विनेसामले ग¥यो बुद्धजयन्तीमा ‘सिर्जना र बोधिविमर्श’ कार्यक्रम

सुर्खेत ।
विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिले भर्चुअल मार्फत बुद्धजयन्तीमा सिर्जना र बोधिविमर्श कार्यक्रम गरेको छ । शान्तिका प्रतिक गौतम बुद्धको २५६५ औं जन्मजयन्तीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलेको प्रमुख आतिथ्यतामा एवम् काशी हिन्दु विश्वविद्यालय भारतीय भाषा विभागका अध्यक्ष प्रा. डा. दिवाकर प्रधानको विशिष्ट आतिथ्यतामा भएको सिर्जना र बोधिविमर्श कार्यक्रममा विभिन्न देशहरुबाट साहित्यकारहरु जोडिनुभएको थियो ।

जसमा रत्न ब्रजा लामाले बुद्धको बारेमा प्रकाश पार्नुभएको थियो भने उक्त अवसरमा रचना वाचन गर्नु हुने अधिकांश साहित्यकारहरुले बुद्धका बारेमा लेखिएका रचनाहरु वाचन गर्नुभएको थियो ।

विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेले शब्द स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका महासचिव सुनिता राइले गर्नुभएको थियो ।