Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णालीमा बजेट अधिवेशन आव्हान, काँग्रेस सरकारमा सहभागी हुँदै

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले यही जेठ २४ गते बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग सिफारिस गर्ने निर्णय गरेको छ । सत्ता समिकरणमा निकै उथलपुथल भएको कर्णाली प्रदेश सरकारमा नेपपाली काँग्रेस पनि सहभागी हुने भएपछि नीति तथा कार्यक्रम र बजेट पास हुने कुरामा ढुक्कता भएपछि सरकारले बजेट अधिवेशनका लागि प्रदेश प्रमुखसँग सिफारिस गरेको हो । प्रदेश सरकारको सिफारिसमा आजै प्रदेश प्रमुख कलौनीले जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ ।

May be an image of 1 personMay be an image of 1 person

हाल कर्णाली प्रदेशमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकार छ । यसैगरी नेपाली काँग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास मन्त्री र दिनबन्धु श्रेष्ठ जलस्रोत तथा उर्जा मन्त्री नियुक्त हुने तयारी भइरहेको छ ।